काङ्ग्रेस कोषाध्यक्षले भनिन : केपी ओलीजस्तो प्रधानमन्त्री विश्वमै कोही छैन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले प्रधानमन्त्री केपी शर्मा ओलीजस्ता घमण्डी प्रधानमन्त्री विश्वका कुनै पनि मुलुकमा नभएको टिप्पणी गरेकी छिन् ।
बुधबार शान्तिवाटिकामा लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘कार्यकर्ता भेला तथा सम्मान कार्यक्रम’ मा कोषाध्यक्ष यादवले सरकारप्रति आक्रोश पोख्दै प्रधानमन्त्री ओलीलाई घमण्डी प्रधानमन्त्रीको संज्ञा दिइन् ।
“केपी ओली जस्तो घमण्डी प्रधानमन्त्री कुनै देशमा छैन । यिनले कसैलाई मान्छे नै होइन जस्तो गरी व्यवहार गर्दछन्,’’ प्रधानमन्त्री ओलीका बेला–बेलाका अभिव्यक्ति र संसदमा देखाएका व्यवहारहरु स्मरण गर्दै उनले भनिन् ।
कोषाध्यक्ष यादवले सरकारले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन नसक्दा महिलाहरुको अस्मिता संकटमा परेको बताइन् । उनले देशभर महिला हिंसा, बलात्कार र हत्याका घटनाहरु बढे पनि सरकारले कुनै ठोस कदम नचालेको भन्दै महिलाहरुलाई सरकारको विरोधमा उत्रिन आग्रह गरिन् ।
“हत्या, हिंसा, बलात्कारका घटना बढेका छन् ।
सरकारलाई कुनै वास्तै छैन । महिलाहरु अगाडि आएर विरोध गर्नुपर्छ । महिलाहरुको अस्मिता संकटमा छ,’’ कोषाध्यक्ष यादवले भनिन् ।