प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै - Himal Post Himal Post
  • १३ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 25 2026
Logo

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीलाई आयोगले बोलाएको चर्चा चलिरहेका बेला आयोगले भने नबोलाएको बाताएको छ ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओली आयोगको कार्यालय जाने स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीले आयोग पुगेर निर्वाचन तयारीबारे छल्फल गर्न बताइएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीको विवादबारे समेत आयोगसमक्ष कुरा गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले हिजो साँझ मात्रै आफू आयोग आउन लागेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गररे आगामी बैसाखमा मध्यावधि निर्वाचनको मिति तय गरेपछि नेकपा दुई भागमा विभाजन भएको छ। पार्टी विभाजन पछि दुबै पक्षले आफू नै आधिकारी भएको दावी गर्दै आएका छन्।

पार्टीको विवाद सम्बन्धी दुबैपक्षले आयोगमा निवेदन पनि दिएका थिए। तर ति निवेदन आयोगले खारेज गरिदिएको थियो। त्यसपछि, आयोगले नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो। तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए। प्रचण्ड माधव समूहले पत्र लेखेर फर्किएको थियो भने ओली पक्षीय नेताहरुले छलफल गरेका थिए।

त्यसपछि पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए।