प्रधानमन्त्री ओलीले दिए ईश्वर पोखरेललाई यस्तो निर्देशन
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव ईश्वर पोखरेललाई पार्टीका सबै पक्षलाई बोलाउन निर्देशन दिएका छन् ।
ओलीले केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल लगायत सबै पक्षलाई बोलाउन निर्देशन दिएका हुन् ।
केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधव नेपाल पक्ष सहभागी नभएपछि ओलीले महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाललगायतलाई पनि बोलाउन निर्देशन दिएको एक नेताले जानकारी दिए ।
केन्द्रीय कमिटीमा ओलीले महासचिव ईश्वर पोखरेललाई दिएको निर्देशनबारे ती केन्द्रीय सदस्यले भने, ‘आगामी केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाललाई पनि बोलाउनू भनेर अध्यक्षले महासचिवलाई निर्देशन दिनुभएको छ ।’
एमालेको दशौं महाधिवेशन तोक्नेदेखि लिएर पदाधिकारी खारेज तथा केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउनेसम्मको निर्णय गर्दा माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन ।