भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना र बधाई
काठमाडौँ – भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र समकक्षी नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत एक सन्देश पठाउँदै भारतीय प्रधानमन्त्री मोदी र सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन्।
बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भारत र भारतीय जनताको निरन्तर प्रगति र सम्मृद्धिको कामना गरेका छन्।
भारतले हरेक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
![](https://himalpost.com/wp-content/uploads/2020/08/oli-greeting.png)