एमाले बैठकमा ओलीले भने: गठबन्धनले संविधान मास्न लाग्यो - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

एमाले बैठकमा ओलीले भने: गठबन्धनले संविधान मास्न लाग्यो



काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन संविधान मास्न लागेको आरोप लगाएका छन् । उनले अस्थिरतावादी शक्तिहरूले संविधानको कार्यान्वयनमा व्यवधान पुर्‍याउने काम गरिरहेको बताएका छन् ।

एमाले संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले अस्थिरतावादी शक्तिहरू संविधान कार्यान्वयनमा वाधा पुर्‍याउन लागिपरेको बताएका हुन् ।

उनले अप्राकृतिक गठबन्धनको निर्माण गरेर उनीहरूले राजनीतिलाई ध्रुवीकरण गरिरहेको पनि बताए ।

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे छलफल गर्न एमालेको संसदीय दलको बैठक अहिले जारी छ ।