मध्यरातमा प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरियो - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

मध्यरातमा प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरियो



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ।

मध्यरातमा असहज महसुस भएपछि अस्पताल लागिएको स्रोतले बताएको छ ।

बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ ।

ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।

ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।