सरकारको कामको प्रशंसा गरौं, हिसाब नखोजौं: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको न्युनीकरणका लागि सरकारले गरेको कामप्रति कुनै प्रशंसा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
“जनप्रतिनिधि काममा लागेका छन्, त्यता ध्यान छैन । कामप्रतिको प्रशंसा छैन । तर दैनिक हिसाब किताब चाहिएको छ । खोइ पैसा ? भनिएको छ,” प्रधानमन्त्रीको भनाइ थियो, “१० अर्बको हिसाब एक एक गरी महालेखामा हुन्छ । हरेक व्यक्तिले हेर्न सक्छ ।’ उनले भने ।
उनि यतिमै रोकिएनन, अगाडी भने, ‘म बाहेक सबै भ्रष्ट छन् भन्ने ठान्न भएन । यो देशमा भ्रष्टबाहेक कोही जन्मिदैन भन्न भएन । सरकारमा बसेकालाई जसरी पनि बदनाम र चरित्रहत्या गर्ने नियत पनि राख्नुभएन ।”