प्रधानमन्त्री ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

प्रधानमन्त्री ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सवार हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टरमा प्रधानमन्त्री ओली र मन्त्रीहरु सवार थिए ।

हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण गरिएको बताइएको छ । ताप्लेजुङको घुन्साबाट इलामको जौबारीको लागि उडेको होलिकोप्टर खराब मौसमका कारण त्यहाँ बस्न नसकेपछि विराटनगर विमानस्थलमा अवतरण भएको हो ।

पर्यटमन्त्री योगेश भट्टराई, नेकपाका नेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितका नेता विमानस्थलको विशिष्ट कक्षसम्म आएका थिए भने प्रधानमन्त्री हेलिकोप्टरबाट ओर्लिएनन् ।