माधवलाई दोस्रो अध्यक्ष बनाउन तयार छु: केपी शर्मा ओली - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

माधवलाई दोस्रो अध्यक्ष बनाउन तयार छु: केपी शर्मा ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकताका लागि थप लचिलो हुने भएका छन् । उनले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् ।

पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि यस्तो प्रस्ताव गरेका हुन् । पछिल्लो समय एमाले विवादले उग्र रुप लिएको थियो।

तिन दिनदेखि ललितपुरमा बसेको केन्द्रिय कमिटी बैठकमा उनले नेपाललाई अर्को अध्यक्ष बनाउने घोषणा गरे। पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले पार्टी एकताको लागि हदैसम्म लचिलो हुने बताए । साथै बैठकले अन्तिम समयसम्म एकताको प्रयास गर्ने निर्णय गरेको छ ।

एकताका लागि दोस्रो तहका नेताहरूले अनवरत प्रयास गरेपनि अध्यक्षका पछिल्ला अभिव्यक्तिले दुवै समय झनै टाढिएका छन् । ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने घोषणाले एकता हुनसक्ने सम्भावना भने देखिन्छ ।