ओली भन्छन्: हामी घेराबन्दीमा छौँ - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

ओली भन्छन्: हामी घेराबन्दीमा छौँ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले सरकार सञ्चालन गर्दा घेराबन्दीमा पारिएको बताएका छन् ।

उनले जिल्ला अधिवेशनको संयुक्त उद्घाटन गर्दै यस्तो बताएका हुन् । भर्चुअल सम्बोधनमार्फत उनले भने, “आज पाँचतिर फर्किएका पाँचभाइ छन् तर नागरिकको ज्यान जाँदा बोल्न सक्दैनन् । त्यसबेला हामी घेराबन्दीमा परेकै हौँ । अदालतले पनि के कारणले हो प्रतिपक्षले मागेको आदेश दिने ?”

उनले परमादेशकाले कठपुतली सरकार बनाएको पनि बताए । “हामी मताधिकारको प्रतिक्षामा छौँ,” उनले भने, “तयारीका साथ प्रतिक्षामा रहनेछौँ ।”