ओलीले गल्ति स्वीकार गरे मिल्न तयार भए माधव नेपाल - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

ओलीले गल्ति स्वीकार गरे मिल्न तयार भए माधव नेपाल



काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकार गरेको खण्डमा आफूहरू मिल्ने बताएका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले गल्ती स्वीकारेको अवस्थामा नयाँ ढंगले सोचेर अघि बढ्न सकिने पनि संकेत गरेका छन्।

अध्यक्ष नेपालले पार्टी विभाजन भए पनि अझै ओलीसँग सहकार्य हुन सक्ने बताएका छन्। सम्बोधनका क्रममा नेपालले ओली सुध्रिने आशा आफूले नराखेको पनि बताए। उनले एमालेलाई जनताले विश्वास गरेर दिएको भोटको दुरुपयोग भएको समेत आरोप लगाएका छन्।

पार्टीले विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा बनेपामा शनिबार गरेको शुभकामना आदानप्रदान एवं जिल्ला कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसो भनेका हुन्।

‘ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरे। पार्टीमा गलत तरिका अपनाए’, उनले ने, ‘देशलाई राम्ररी हाँक्न सकेनन्। सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो। यी सबै कुराको जिम्मेवारी लिएर गल्ती स्वीकार्न तयार भएमा ओलीसँगको सहकार्यलाई नयाँ ढंगले सोच्न सकिन्छ।’

नेपालले सम्बोधनका क्रममा आफूहरु कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको उत्तराधिकारी रुपमा प्रस्तुत गरे। ‘कम्युनिष्ट पार्टीमा नेता हैन नीति र विचार प्रधान हुन्छ’ भन्ने उहाँले नै सिकाउनुभएको हो’, उनले भने, ‘अहिले हामीले त्यसलाई अनुशरण गरिरहेका छौँ।’

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा अहिलेको गठबन्धनले केन्द्रदेखि पालिकासम्म तालमेल गर्न सक्ने पनि बताए।

उनले सम्बोधका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवातिर लक्षित गर्दै नविगतका सरकारले गरेका गल्ती नदोहोर्‍याउन आग्रह गरे। उनले सही ढंगले सरकारलाई अघि बढाउन पनि देउवालाई भनेका छन्।