ओली सरकारको कारण देश खतरामा पर्दैछ : गगन थापा - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

ओली सरकारको कारण देश खतरामा पर्दैछ : गगन थापा



रसुवा – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार संसदलाई मान्ने नभइ आदेश दिदै आएको बताएका छन् । रसुवामा नयाँ शक्ति पार्टीको जिल्ला कार्यसमिति सहित नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्न आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले सरकार संसदबाट कानुन बनाइ सरकारको बिरोध गर्नेहरुलाई नियन्त्रण गर्ने अभियानमा रहेको बताए । थापाले भने, ‘यसैका लागि संसदबाट नयाँ नयाँ कानुन बनाउन हतार गरिएको छ ।’

उनले ओली सरकार ज्ञानेन्द्र शाहको सरकार भन्‍दा निरंकुश बन्दै गएको थापाले बताए । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीलाई नै संघियता मन परेको छैन ।’ केपी ओलीकै कारण संघियता खतरामा परेको उनले जानकारी दिएका छन् ।

नयाँ शक्तिको रसुवा शाखा नेपाली कांग्रेसमा बिलय भएको अवसरमा बोल्दै थापाले पार्टी प्रवेश ऐतिहासिक भएको बताए । कांग्रेस रसुवा र नयाँ शक्ति पार्टी रसुवाबीच एकता भएसँगै पार्टी बिलय भएको हो । सोमबार दिउँसो विशेष कार्यक्रम गरी पार्टी एकता भएको हो ।

कार्यक्रमका लागि काठमाडौंबाट कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा लगायतका नेताहरु त्यहाँ पुगेका थिए ।

रसुवाका नयाँशक्तिबाट प्रदेश सांसद प्रेमबहादुर तामाङसहित नयाँ शक्तिबाट ५ हजार भन्दा बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नयाँ शक्तिका जिल्ला संयोजक फुर्वा वाङ्दी तामाङको नेतृत्वमा नयाँ शक्तिबाट पार्टी एकता भएको हो ।