‘युथ फोर्स’को कार्यक्रममा गएनन् ओली: किन रोकिए अन्तिम समयमा ?
काठमाडौं- अन्तिम समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘युथ फोर्स’को भ्याली कमान्ड घोषणा कार्यक्रममा जानबाट रोकिएका छन् ।
अध्यक्ष केपी शर्मा ओली अन्तिम समयमा रोकिएका छन् ।वार्ता प्रक्रियामा रहेको कारण ओलीको उपस्थितिले थप महोल बिग्रने भएकाले उनलाई निकट नेताहरूले रोकेको आंकलन गरिएको छ ।
स्रोतका अनुसार नेताहरुले माधव नेपालसँग भेटघाटको वातावरण बनाइरहेको र एकता प्रक्रियामा असर नपरोस भनेर सो कार्यक्रममा उपस्थित नहुन आग्रह गरेको बताएको छ ।
आन्तरिक एकता कायम गर्न सक्रिय रहेका नेताहरुले युथ फोर्स भ्याली कमाण्ड घोषणासभामा नजान आग्रह गरेपछि उनी रोकिएको बताइएको छ ।
प्रमुख अतिथी समेत रहेका पार्टी अध्यक्ष ओली अनुपस्थित भएपछि पार्टीका महासचिव ईश्वर पोखरेलले युथफोर्सको घोषणा गर्ने भएका छन् ।