पद्मा अर्याल काण्डले प्रधानमन्त्री 'फाएर': जथाभावी नबोल्न दिए निर्देशन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

पद्मा अर्याल काण्डले प्रधानमन्त्री ‘फाएर’: जथाभावी नबोल्न दिए निर्देशन



कठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई सिमाको विषयमा जथाभावी नबोल्न निर्देशन दिएका छन्।

मंगलबारप्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओली वार्ता र छलफलबाटै समस्याको समाधान हुने दाबी गर्दै मन्त्रीहरुलाई अनावश्यक नबोल्न भनेका हुन्।

सोमबार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले ‘इतिहासमा लिम्पियाधुरा कहिल्यै नेपालको थिएन’ भन्ने अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएपछि ओलीले संयमित भएर बोल्न निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री अर्यालले आफूले गलत नबोलेको दाबी गरे पनि नेकपाकै नेता भीम रावलले अडियो सुनाएका थिए।

ओलीले भारतसँगको सिमा विवाद ‘सडकमा नारा लगाएर समाधान नुहने’ भएकाले सरकारले गम्भीरता पूर्वक वार्ताको प्रयास गरिरहेको मन्त्रीहरुलाई ब्रिफिङ गरेका छन्।

भारतले नेपालको भूमि लिपुलेक हुँदै उत्तराखण्डको पिथौरागढबाट मानसरोबार जाने बाटोको उद्घाटन गरेपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ।

मन्त्रिपरिषद्ले जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेश गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष आग्रह गर्ने निर्णयसमेत गरेको छ।