घर फर्किए प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

घर फर्किए प्रधानमन्त्री ओली



काठमाडौं । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै शुक्रबार साँझ निवास फर्किएका छन् ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री ओली यही कात्तिक १२ गते बिहान ०४ः३० बजे उक्त अस्पतालमा भर्ना भएका थिए। प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आएका र उनले लिएको एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाउने गर्ने निर्णय गरेको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताए।

प्रधानमन्त्री ओलीको उपचारमा पाँच दिनअघि मुटुरोग विशेषज्ञ डा सायमीसँगै डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो । रासस