बालुवाटार भेलामा ओलीको एक घण्टा सम्बोधन: के भने ? - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

बालुवाटार भेलामा ओलीको एक घण्टा सम्बोधन: के भने ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब ढुक्क भएर चुनावको तयारीमा लाग्न विघटित प्रतिनिधिसभाका आफू पक्षका सांसदहरुलाई निर्देशन दिएका छन्।

बालुवाटारमा आफू निकट सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थिति ठीक रहेको बताउँदै आफ्नै नेतृत्वमा चुनाव हुने बताए। उनले परिस्थितीको बाध्यताका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको स्पस्ट पारे।
 

“सरकार र संसद चल्न सक्ने अवस्था भएको परिस्थितीमा यो कदम चाल्न बाध्य हुनुपर्यो, तपाँइहरु ढुक्क भएर चुनावमा लाग्नुस,” प्रधानमन्त्रीको भनाई उद्दृत गर्दै भेलामा सहभागी एक सांसदले बताए।

झण्डै एक घण्टा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष सरकार र संसदविरुद्ध गएका कारण कदम चाल्नु परेको बताए।

भेलामा विघटित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद उपस्थित छन्।

त्यसैगरी पूर्व माओवादी तर्फबाट लेखराज भट्ट र छक्कबहादुर लामा पनि भेलामा सहभागी छन्। गृहमन्त्री रामबहादुर थापा भने अनुपस्थित छन्। उनी आफ्नो समूहसँग मन्त्री निवास पुल्चोकमा छलफल गरिरहेका छन्।