ओलीले भने डा.केसीले उठाएका सबै माग पूरा गर्छु - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

ओलीले भने डा.केसीले उठाएका सबै माग पूरा गर्छु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीले उठाएका सबै माग पूरा गर्ने आश्वासन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सहमति गरिएको विषयमा आफू इमानदार भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले संसदमा लैजानुपर्ने विषय सहमति अनुसार लगेको बताएका थिए ।

डा केसीले आफू देशका ७७ वटै जिल्लामा कम्तीमा तीन पटक पुगेको भन्दै आफूले सबै ठाउँममा सुलभ स्वास्थ्य सेवाको माग गरेको बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउने बारेमा सरकारकार गम्भीर रहेको बताएका थिए ।