प्रधानमन्त्रीको पेटबाट स्टेन्ट निकालियो: डाक्टरले भने, 'धपेडी नगर्नुस' - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रधानमन्त्रीको पेटबाट स्टेन्ट निकालियो: डाक्टरले भने, ‘धपेडी नगर्नुस’



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट आज झिकिएको सपतालले जनाएको छ।

बिहान साढे १० बजेतिर अस्पताल पुगेका प्रधानमन्त्री ओली फलोअप सकेर दिउँसो ३ बजेतिर बालुवाटार फर्किएका छन्।

अहिले केहीबेरमा उनी भारतीय प्रधानमन्त्रीले प्रस्ताव गरेको सार्क सदस्य राष्ट्रका नेताहरूबीच हुन लागेको भिडिओ कन्फरेन्समा सहभागी हुँदैछन्।

उक्त कन्फरेन्समा कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे छलफल हुनेछ।

डाक्टरहरूले भने प्रधानमन्त्री ओलीलाई धपेडी गर्न नहुने र धेरै बैठक गर्न नहुने भन्दै सावाधान बनाएका छन् ।