प्रधानमन्त्री ओलीले लगाए देउवालाई गम्भीर आरोप ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

प्रधानमन्त्री ओलीले लगाए देउवालाई गम्भीर आरोप !



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई लिएर प्रतिपक्षी दल नेपाली कांग्रेसले पटकपटक आफ्नो धारण परिवर्तन गर्नु आश्चार्यजनक भएको टिप्पणी गरेका छन्।

सरकारले फागुन २८ गते विप्लव समूहलाई संगिठतरुपमा आंतकतारी क्रियाकलाप गरेको भन्दै उमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

त्यसलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले विराटनगर पुगेर विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु सरकारको उचित कदम भएको प्रतिक्रिया दिएका थिए

तर त्यसपछि अर्को कार्यक्रममा उनले सरकारी प्रतिबन्ध गलत भएको बताएका थिए।

उक्त प्रसंगलाई लिएर प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा भने,‘ विप्लव समूहमाथिको प्रतिबन्धलाई लिएर शेरबहादुरले स्वागत गर्नु भयो । विराटनगर पुगेर तर पछि अर्को ठाउँमा गीतको भाका फेरियो उहाँको, वास्तवमा उहाँले आफ्नो रंग फेर्नु भयो। मौसमअनुसार छिनछिनमा आफ्ना मुल्य, मान्यता र धारणाहरु परिवर्तन गर्ने गर्ने काम गल्ती हो कि हैन? आतंकारी गतिविधिमाथि लगाइएको प्रतिबन्धको पनि विरोध गर्ने ? यो जस्तो आश्चार्यजनक कुरा अरु के होला ?’

प्रधानमन्त्री ओलीले संविधान विपरित विप्लव समूहमाथि प्रतिबन्ध लगाएको भनेर प्रतिपक्षीले विरोध गर्नुको समेत तुक नभएको बताए।

‘नेपालको परिस्थिति के हो ? आवश्यकता के हो? त्यो बुझ्नु पर्छ। नेपाली जनता सार्वभौमसम्पन्न भइसके, विकासको प्रक्रिया अघि बढिसक्यो अव क्रान्ती कुराको गफ र धम्कीको केही अर्थ छैन । जनताको हातमा देश छ अव पछि फर्कन सक्दैन,’ उनले भने।’

ओलीले विप्लव समूहलाई लक्षित गर्दै जलविद्युत आयोजनामा हमला गर्नु, सञ्चारका टावरमाथि आक्रमण गर्नु , लोकतान्त्रीक अभ्यास हुन नदिनु, शान्तिपूर्ण आम सभामा वम पड्काएर निद्रोषलाई मार्नु या अपांग पार्नु, कसैसँग माग्नु वा पैसा दिएन भने तोडफोड गर्नु वा जन्ती चढेका बसमा आगो लगाउनु लोकतान्त्रीक गतिविधि नभएको बताए ।