ओलीलाई भेटेरै देउवाले डा. केसीको जीवनरक्षा गर्न आग्रह गरे - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओलीलाई भेटेरै देउवाले डा. केसीको जीवनरक्षा गर्न आग्रह गरे



काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर देउवाले तत्काल माग सम्बोधन गरी डा. केसीको जीवन रक्षा गर्न आग्रह गरेका हुन् ।

तत्काल वार्ता गरेर माग सम्बोधन गर्दै केसीको जीवनरक्षा गर्नु सरकारको कर्तव्य रेहको भन्दै देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आफू नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई हुबहु विधेयकका रूपमा ल्याउनु नै समस्याको समाधान हुनसक्ने देउवाको भनाइ थियो ।