प्रधानमन्त्री छोड्न देउवा अनिच्छुक भएपछि भाँडियो ओली-देउवा वार्ता - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

प्रधानमन्त्री छोड्न देउवा अनिच्छुक भएपछि भाँडियो ओली-देउवा वार्ता



सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद सुचारु गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकतम प्रयास थालेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले छिट्टै संसद सुचारु हुने बताए। ‘प्रधानमन्त्रीले संसद अवरोध हटाउन अधिकतम प्रयास गरिरहनुभएको छ । त्यही विषयमा नेकपा एमालेलगायत पार्टीहरुसँग छलफल थाल्नुभएको हो,’ उनले भने। 

उनले मुलुकका लागि नै एमसीसी भएकाले उक्त विषसमा संसदमा छलफल भएर निष्कर्षमा पुग्ने बताए। ‘एमसीसी सार्वभौम संसदमा गहनरुपले छलफल भएर निष्कर्षमा पुग्छ । एमसीसीको समयसीमाबारे हामी सबै जानकार छौं। तोकिएको मितिसम्म निष्कर्षमा पुग्ने विश्वास लिएका छौं,’ उनले भने ।

यद्यपी ओलीले पहिला गठबन्धन भत्काउनुपर्ने र त्यसपछि आफूलाई प्रधानमन्त्री दिनुपर्ने माग राखेपछि देउवा हच्किएको स्रोतको दाबी छ ।

विगत एक महिनादेखि देउवा र ओलीबीच चलेको संवादको निष्कर्ष अझै पनि निस्किन सकेको छैन । सत्तारूढ दल नेकपा माओवादी र नेकपा एस नै एमसीसीविरुद्ध लागेपछि देउवा र ओलीबीच गठबन्धन हुने आंकलन गरिएको थियो । तर पछिल्लो समय दुवैबीचको छलफलमा कुनै निष्कर्ष निस्कन सकेको छैन ।  

एमसीसीमाथि छलफल गर्नका लागि देउवाले संसद अवरोध हटाउन अनुरोध गरेका थिए । ओलीले भने गठबन्धन नटुटेसम्म आफूहरूको अवरोध कायमै रहने बताए ।