भाँडियो सभामुख सापकोटालाई हटाउने र प्रधानमन्त्री आलोपालो हुने देउवा-ओली सहमती - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

भाँडियो सभामुख सापकोटालाई हटाउने र प्रधानमन्त्री आलोपालो हुने देउवा-ओली सहमती



सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउने प्रस्ताव कुनैपनि बेला आउने सम्भावना बढेको छ । नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति बनेमा सभामुख सापकोटालाई हटाउने गरी एक तिहाई सांसदको समर्थनसहित प्रस्ताव दर्ता हुने अवस्था बनेको हो ।

एमालेले एमसीसीमा साथ दिने भन्दै काँग्रेससँग सर्त अगाडि सारेको छ । जसमध्ये सभामुखबाट सापकोटाको बर्हिगमन प्राथमिकतामा छ ।

माधवकुमार नेपालसहित १४ सांसद हटाउने सूचना प्रतिनिधि सभाबाट टाँस्नुपर्नेसहित सत्ता साझेदारीको विषय पनि सर्त छन् । त्यसबारे काँग्रेस सकारात्मक भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार एमालेले काँग्रेससँग आलोपालो प्रधानमन्त्रीको प्रस्ताव पनि गरेको छ । त्यसमा भने देउवाले सहमति जनाएको बुझिएको छ । देउवाले आफ्नै नेतृत्वमा चुनाव गराउन चाहेका छन् । स्थानीय चुनाव देउवाले गरेपछि प्रतिनिधि सभाको चुनाव ओलीले गराउने गरी प्रधानमन्त्रीमा आलोपालो गर्ने बारे समेत कुराकानी भएको बुझिएको छ ।

सहमति बनेमा एमसीसीमा समर्थन गर्न एमाले तयार भएको छ । उसले सभामुख सापकोटाको बर्हिगमनको विषय राखेकोमा काँग्रेस पनि सकारात्मक भएको बुझिएको छ । यसकारण कुनैपनि बेला सापकोटा हटाउने प्रस्ताव जान सक्छ ।

सभामुख हटाउन दुई तिहाई चाहिन्छ । नेपाली काँग्रेस, नेकपा एमाले, जसपाको मत एकीकृत भएमा दुई तिहाई पुग्छ । तर, त्यो कठिन छ ।