शिक्षित नेपाल बनाउन प्रधानमन्त्री दम्पतीले दुई विद्यार्थीको भर्ना गरे ! - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

शिक्षित नेपाल बनाउन प्रधानमन्त्री दम्पतीले दुई विद्यार्थीको भर्ना गरे !



काठमाडौं, १ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन्।

मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छात्रा थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरिदिएका हुन्। २०६८ साल चैत १९ जन्मेकी तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको हो।

छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गरेका प्रधानमन्त्रीले तामाङलाई पोसाक र पुस्तक प्रदान गरेका थिए।

प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिदिएकी छन्। शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेकी छन्। छेरिङ २०६७ माघ १७ गते जन्मेकी हुन्।

रारा पर्यटन महोत्सवमा पुगेका प्रधानमन्त्रीले भर्ना सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावत्कव लिंदै विद्यालय भर्ना गरिदिएका हुन्।

प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरिसकेका छन्।