प्रधानमन्त्री ओलीले आफू निकट सांसदलाई बालुवाटार डाके
काठमाडौँ-आजमात्रै संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरूलाई बालुवाटारमा डाकेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो पक्षका सबै सांसदहरूलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका हुन् ।
प्रतिनिधिसभा विघटन गरेपछिको अवस्था बुझ्नका लागि र थप रणनीति बनाउनका लागि प्रधानमन्त्री ओलीले आफू पक्षका सांसदहरूलाई बालुवाटार बोलाएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाका आफू निकट सांसदहरूलाई बोलाएका छन् । प्रधानमन्त्रीले आफू निकट केही सांसद र नेताहरूसँग भने आइतबार साँझ छलफल गरेका छन् ।