ओली र दाहालबीच नयाँ सहमति - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

ओली र दाहालबीच नयाँ सहमति



काठमाडौँ — प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी काम टुंग्याउनेबारे बुधबार छलफल सुरु भएको छ ।

झन्डै दुई घण्टा बालुवाटारमा भएको छलफलमा उनीहरूले दुई दिन गृहकार्य गर्ने र त्यसपछि सचिवालय बैठक बोलाएर कार्यविभाजन टुंगो लगाउने समझदारी गरेका छन् ।

नेकपाका शीर्ष नेताहरूबीच केन्द्रीय सदस्यलाई दोहोरो जिम्मेवारी दिने/नदिनेबारे विवाद छ । ओलीपक्षले दोहोरो जिम्मेवारी दिनुपर्ने लाइन समातेको छ भने वरिष्ठ नेता माधव नेपालपक्ष दोहोरो जिम्मेवारी दिन नहुनेमा अडानमा छ ।