सरकारअघि एकताको खाका, यस्तो छ चर्चामा आएका विकल्प - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

सरकारअघि एकताको खाका, यस्तो छ चर्चामा आएका विकल्प



चर्चामा आएका विकल्प

१. प्रधानमन्त्री र अध्यक्ष बाँडफाँट
२. दुवै दलका अध्यक्षको संयुक्त नेतृत्व
३. प्रधामनमन्त्री र पार्टीको नेतृत्व आलोपालो

एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन् ।

पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि दुवै दलका नेताहरु छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका हुन् ।

पछिल्लो ५ दिन गृहजिल्ला चितवनमा विताएर मंगलबार राजधानी फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दिउँसो एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।, यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।