प्रधानमन्त्री छोड्न ओलीलाई यस्तो दवाब - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रधानमन्त्री छोड्न ओलीलाई यस्तो दवाब



काठमाडौं– नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सात बुँदे असहमतिपत्र जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा रोज्न माग गरेका हुन् ।

पार्टी अध्यक्षदेखि सबै नेतामा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्था लागू गर्नुपर्ने माग उनको छ । नेता नेतालले पार्टी विधानको धारा ४६९क० कमोजिम स्थानीय तहदेखि संघीय सरकारका कार्यकारी जिम्मेवारी बहन गरेका नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन् । अन्नपूर्ण पोस्टबाट