ओलीले भने: अब जो एमालेबाट उठ्छ त्यसैले मात्रै चुनाव जित्छ
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग चुनावमा अरु कुनै पनि पार्टीले लड्न नसक्ने बताएका छन् । उनले अब जो एमालेबाट चुनावमा उठ्छ त्यसैले मात्रै चुनाव जित्ने ठोकुवा गरे ।
ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गदैं अध्यक्ष ओलीले पार्टीमा कुनै विभाजन नआएको तर पार्टीवाट केही पात-पतिंगरहरु झरेर गएको भन्दै त्यसले पार्टीलाई कुनै क्षति नपुग्ने जिकिर गरे ।
एमाले पार्टी अहिले विभाजित भएको छ । १५ वर्ष पार्टीको नेतृत्वमा रहेका माधव नेपालले एमाले छोडेर अहिले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।
त्यसलाई ओलीले पार्टी फुटेको नभई केही नेताहरु चोइटिएर मात्र गएको बताएका हुन् । एमालेसँग असंख्य नेता कार्यकर्ता रहेको र देशलाई अगाडी वढाउने एकतावद्ध पार्टी रहेकोले पनि यो पार्टीसँग कसैले पनि प्रतिस्पर्धामा जितेर श्रेष्ठता हासिल गर्ने नसक्ने ओलीको जिकिर थियो ।
‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ । एक-एक दर्जन मान्छे भएका दश पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन रु १२० जनाको मोर्चाले कसरी हामीसँग लड्ने ? अरु सबै जोड्दा पनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन् ।’ ओलीले भने,–‘चुनावमा उठेपछि प्रतिस्पर्धी हुन्छन् । तर अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन । एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन, तर जो उठे पनि जित्छ । हामीले प्रतिस्पर्धा हुन दिने नै होइन ।’
अवको चुनाववाट झलमल्ल सूर्य उदाउने पनि ओलीले बताए । उनले अहंकारी बाटो नर्क जाने वाटो हो, शालिन भएर प्रस्तुत हुन नेता कार्यकर्तालाई पनि निर्देशन दिए ।
ओलीले आफु नेता कार्यकर्ताको उर्जा र आत्मविश्वासलाई सलाम गर्न आफु ललितपुरको महालक्ष्मी नगरपािलकाको लुभु आएको पनि ओलीको भनाई थियो । ओली भेलालाई सम्वोधन गरेर फर्किसकेका छन् । उनी फर्किदा युवा संघका नेता कार्यकर्ताले ओलीको पक्षमा नाराजुलुश पनि लगाएका थिए ।