प्रधानमन्त्री र प्रधानन्यायाधीशले मध्यरातमा भेटेकोबारे कांग्रेस बैठकमा गम्भीर छलफल - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

प्रधानमन्त्री र प्रधानन्यायाधीशले मध्यरातमा भेटेकोबारे कांग्रेस बैठकमा गम्भीर छलफल



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा सरकारी निवास बालुवाटारमै बोलेर भेटेको बिषय विभिन्न मिडियामा चर्चा भैरहेका बेला नेपाली काँग्रेस पदाधिकारी बैठकमा पनि यसबारे चर्चा चलेको छ ।

उनीहरूको भेटबारे विभिन्न मिडियाले छापेको समाचारबारे सामाजिक संजालमा समेत अहिले चर्चा पाएको छ । यस्तैमा बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन लगायतका बिषयमा छलफल हुँदा यो विषयले प्रवेश पाएको थियो ।

सरकारका पछिल्ला असंवैधानिक कदमहरू र गुपचुपमा भएका भेटघाटबारे चर्चा गर्दै विपक्षी दलहरु थप चनाखो हुनुपर्ने छलफल भएको थियो । नेपाली कांग्रेसलाई विभिन्न स्रोतबाट प्राप्त बाहेक सुचानाबारे पनि बैठकमा छलफल भएको बताइएको छ ।

यस्तो महामारीकाबीच पनि सरकार प्रमुख र न्यायपालिका प्रमुखबीच गोप्य भेताघट भैरहेका तथा अन्य बिषय जानकारीमा आएको भन्दै बैठकमा लामो समय छलफल भएको एक पदाधिकारीले बताए । ‘त्यो त समाचार माध्यममा आएको विषय भयो त्यस्ता बाहिर नआएका विषय धेरै छन् पार्टीले अध्ययन गरिरहेको छ’ उनले भने ।

काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष र राष्ट्रियय जनमोर्चा गरी ५ विपक्षी गठबन्धनहरुले १४९ जना प्रतिनिधिसभा सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति समक्ष सरकार गठनको दाबी पेश गरेको र राष्ट्रपतिद्वारा संविधानको धारा ७६ को उपधारा छ बमोजिमको यस दाबीलाई बदर गरिएको कार्य असंवैधानिक भएका कारण पदाधिकारी बैठकले यस विषयमा गम्भीर छलफल गरेको हो ।

सरकारले असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गर्ने र अधिनायक शासन चलाउने नियत राखेको भन्दै सामान्य अवस्था भएको भए लाखौँ जनता यति बेला सडकमा उत्रिइसकेका हुने सहमहामन्त्री डा. प्रकाशरण महतले जिकिर गरे ।

उनले भने, ‘अहिले सामान्य अवस्था हुन्थ्यो भने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक हर्कतविरुद्ध लाखौँ जनता सडकमा उत्रिएका हुन्थे, हामी सबै आन्दोलनमार्फत जनमतअनुरुपको अवस्था निर्माण जुटिरहेका हुन्थ्यौँ ।’

उनले अगाडि थपे, ‘तर, जीवन नै जोखिममा परेको अवस्था छ । जनताको स्वास्थ्यमा खेलबाड नगर्न हामी सरकारको ध्यानाकर्षण गर्दछौँ ।’

कांग्रेसले सरकार प्रमुख र न्यायपालिका प्रमुखबीच भएको भनिएको भेटका विषयमा समेत आशंका व्यक्त गरेको छ । ‘यस्तो जटिल अवस्थामा प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भेटवार्ता भएको भन्ने समाचार आएका छन्, यसले हामीलाई सशंकित बनाएको छ,’ महतले भने ।

यससँगै दोस्रो लहरको कोरोना महामारीका कारण जनजीविकामा पुगिरहेको प्रत्यक्ष असर न्यूनीकरण गर्न विगतमा पनि प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको विषयमा पनि पदाधिकारी बैठकमा छलफल भएको छ ।