प्रधानमन्त्री ओली चितवन पुग्दै, सुरक्षा व्यवस्था कडा
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बृहत जनसभालाई संवोधन गर्न चितवन जाने भएका छन् ।
प्रधानमन्त्री ओली जाने भएपछि प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियू चितवनले विरोध जनाएको छ। अनेरास्ववियूले नारायणघाट र आँपटारी क्षेत्रमा टायर बाल्नुका साथै पर्चा छरेर विरोध गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रधानमन्त्री सुरक्षाका लागि चोक-चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रधानमन्त्री भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन्।
उनले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्न कार्यक्रम पनि छ । उनी सवार हेलिकोप्टर केहीबेरमा ल्याण्ड हुने बताइएको छ।