प्रधानमन्त्री ओलीले फेरी दिए प्रचण्डलाई चेतावनी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रधानमन्त्री ओलीले फेरी दिए प्रचण्डलाई चेतावनी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको हुर्मत लिने काम नगर्न पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् ।

आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायापालिकाको हुर्मत नलिन प्रचण्डलाई चेतावनी दिएका हुन् ।

‘स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तअनुसारको मर्यादित न्यायापालिका जहाँबाट न्याय पाउँछौं भन्ने जनताले विश्वास लिएका छन् त्यो न्यायापालिकाको मर्यादामाथि हमला गर्ने काम गरिरहेका छन्’,उनले भने, ‘ निर्वाचन आयोगमाथि हमला गरिरहेका छन् । निर्वाचन नगर्न र तयारी नगर्न भन्दै हमला गरिरहेका छन् । को लोकतन्त्र विरोधी रहेछ भन्नुस् त ।’

प्रधानमन्त्री ओलीले आफूले गरेका कामलाई लिएर राष्ट्रपतिलाई विवादमा ल्याउने काम भएको भन्दै असन्तुष्टी जनाएका छन् । उनले आफूले गरेका कामबारेमा बहस गर्न तयार रहेको बताए ।

‘कानून मिलेन भने प्रधानमन्त्रीको कमजोरी हो राष्ट्रपतिको होइन । म जवाफ दिन तयार छु । बहस गर्न तयारmछु । मैले गरेका कामहरु जनता र लोकतन्त्रको पक्षमा छन्’, उनले भने ।