प्रधानमन्त्री ओलीले दिए बुद्धिजीवीहरुलाई थला पार्ने चेतावनी !(भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रधानमन्त्री ओलीले दिए बुद्धिजीवीहरुलाई थला पार्ने चेतावनी !(भिडियो सहित)



काठमाडौं– प्रधानमन्त्री केपी ओलीले अाफ्नाे एक जवाफले बुद्धिजीवीहरुलाई थला पार्ने चेतावनी दिएका छन् ।

नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरलाई आफूले जवाफ दिए थला पर्ने बताएका हुन् । आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले बुद्धिजीवीहरुलाई यस्तो चेतावनी दिए ।

कार्यक्रममा प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘कुनै–कुनै बुद्धिजीवीहरुको टिप्पणी अत्यन्तै असभ्य, तल्लोस्तरको देख्छु । त्यस्ता बुद्धिजीवीहरुलाई एक पटक पहिले मसँग सञ्चारमाध्यममा आउनुभन्दा अगाडि जवाफ दिदा उहाँहरु थला पर्ने सम्भावना हुन्छ । त्यसकारण म उहाँहरुलाई थला पार्न चाहन्नँ । ’

सोही कार्यक्रममा प्रधानमन्त्रीले ओलीले आफूले ती बुद्धिजीवीहरुलाई जोनेको र वादविवाद अथवा आफूसँग सत्यहरुको सम्बन्धमा बहस गर्न इच्छाएको हो कि हैन भनेर समेत सोधेका छन् । उनले भनेका छन्, ‘असभ्य ढंगले टिक्काटिप्पणी गरिरहँदा त्यसमा भएका अलिकति असलियत बाहिर आउँदा उहाँहरुको हालत के हुन्छ,त्यो विचार गर्नुपर्ने हो ।’

यस्तै,उनले सरकारकै भत्ता,पेन्सन खाने र सरकारी सुविधा लिएर जथाभावी बोल्ने प्रवृति देखिएको समेत बताए ।

गोपनियताको वास्ता नगर्ने प्रवृत्ति बढेको उनले बताए । प्रधानमन्त्री ओलीले आफूले अत्यन्तै अनुत्तरदायी र झूठो प्रचार देखेको समेत बताएका छन् । आफूविरुद्ध बुद्धिजीवीहरुले अपमानजनक टिप्पणी गरेपनि जवाफ नदिने बरु प्रश्न सोधिरहने बताए ।

एसिया प्यासिफिक सम्मेलनका क्रममा युनिभर्सल पिस फेडेरेसनबाट एक लाख डलरको पुरस्कार लिएपछि प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न टिक्काटिप्पणी भइरहेका छन् ।