संसद पुनःस्थापना भए आन्दोलन चर्काउने ओलीको चेतावनी - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

संसद पुनःस्थापना भए आन्दोलन चर्काउने ओलीको चेतावनी



विराटनगर- प्रधानमन्त्री केपी ओलीले सेटिङ गरेर संसद पुनःस्थापना भए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

शनिबार विराटनगरमा आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सेटिङ-फेरिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे।

‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भने।

ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई भने .

उनले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको बताए।

चुनाव वैशाखमै हुने दाबी दोहोर्‍याउँदै ओलीले आफूले नेतृत्व गरेको नेकपाले नै बहुमत ल्याउने बताए।