प्रधानमन्त्री चढेको हेलिकप्टर किन गरियो आकस्मिक अवतरण ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

प्रधानमन्त्री चढेको हेलिकप्टर किन गरियो आकस्मिक अवतरण ?



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ। कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः ५० बजे अवतरण गरेको हो।

उनी ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए। मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरेको उनले बताए।