प्रधानमन्त्रीले राष्ट्रपति निवासबाटै बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास गएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बिहिबार अपरान्ह ५ बजेका लागि प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले बताए । एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका ओलीले त्यहीँबाट मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
प्रधामन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन प्रतिनिधि सभा बैठक बोलाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले ओलीविरुद्ध मत दिने निर्णय गरिसकेका छन् । त्यस्तै जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहले विश्वासको मत नदिने पक्का छ ।
ओलीले हिजो मात्रै कांग्रेससँग छलफल गरेका थिए । कांग्रेसले विश्वासको दिन नसकिने जवाफ दिएको थियो ।
आज नै एमालेको बालुवाटारमा स्थायी समितिको बैठक बसेको थियो । पार्टीको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास गएका छन् ।