प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको एक मन्त्रीले जनकारी दिए ।
सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बोलाइएको बैठक विशेष हुनसक्ने बताइएको छ ।
सर्वोच्चले पार्टीको नाम खारेज गर्दै पूर्वबत रूपमा फर्काएपछि अबको अवस्था र कामकारबाही कसरी अगाडी बढाउने छलफल हुने ति मन्त्रीले जनाए ।
सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवादमा फैसला सुनाउँदै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो ।
त्यस्तै, नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने पनि आदेश दिएको थियो ।