बुटवलमा दुई दिनदेखि के गर्दैछन् केपी ओली ? - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

बुटवलमा दुई दिनदेखि के गर्दैछन् केपी ओली ?



बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा अर्को टावर उद्घाटन गर्दै छन्। हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा पुगेर एक भ्यू टावरको उद्घाटन गरेका थिए।

ओली आज आज दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। हिजो कपिलवस्तु पुगेका उनी बुटवलमा नै बसेका थिए। ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय टावरको उद्घाटन गर्ने कार्यक्रम छ। टावर ९ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको तिलोत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले जानकारी दिए।

त्यस्तै ११ बजे नेपाल भुपू सैनिक तथा प्रहरी संगठनको राष्ट्रिय सम्मेलन तिलोत्तमास्थित ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा ओलीले उद्घाटन गर्नेछन्। दिउँसो १ बजे लुम्बिनीमा सभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीलेले जानकारी दिए।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, युवा नेता खिमलाल भट्टराई लगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।