ओलीले राष्ट्रपतिलाई समेत 'ब्ल्याकमेल' गरेका छन्: प्रचण्ड - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

ओलीले राष्ट्रपतिलाई समेत ‘ब्ल्याकमेल’ गरेका छन्: प्रचण्ड



काठमाडौं- विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई हटाउनेबारे आफूहरूले नसोचेको बताएका छन् ।

प्रचण्डले बिबिसी नेपालीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरेको भए पनि आफूहरुले कहिल्यै त्यसो नगरेको बताए ।

‘लाग्दैनौं हामी,’ राष्ट्रपतिलाई हटाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी अहिले त्यतातिर सोचकै छैनौं । राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नु भएको हो। हामीले कहिल्यै त्यसो गरेका छैनौं।’

प्रचण्डले केपी ओलीलाई अध्यक्ष मानेर जाने सम्भावना नरहेको बताउँदै दलहरूसँग समझदारी गरेर अगाडिको बाटो तय गर्ने बताए ।

कांग्रेस सभापति शेरबहादुरसँग आफूले यसबारे कुरा गरिसकेको बताउँदै प्रचण्डले थप कुराकानी भने चीतवनबाट फर्केपछि हुने बताए ।