संसदमै ओलीविरुद्ध यसरी खनीए सांसदहरु - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

संसदमै ओलीविरुद्ध यसरी खनीए सांसदहरु



काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेविरुद्ध ‘अरिंगाल जसरी झम्टिनु’ भनेर दिएको अभिव्यक्तिले संसद तातेको छ । प्रधानन्त्रीको भनाइको विपक्षी दलका सांसदहरुले चर्को आलोचना गरे भने सत्ता पक्षका सांसदले बचाउ गरेका हुन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विपक्षी कांग्रेसका सांसदहरुले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सभ्य भाषा बोल्न आग्रह गरेका छन्।

सांसद मिनाक्षी झाले प्रधानमन्त्रीले संगठित अपराधीको प्रमुखले जसरी गैरजिम्मेवार अभिव्यक्ति दिएको बताइन्। ‘प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेर संगठित अपराधीको जस्तो बोल्न मिल्छ ? झाले संसदमा प्रश्न गरिन् ।

सांसद मिना पाण्डेले प्रधानमन्त्रीको भनाइ लज्जा जनक भएको उल्लेख गरिन् । उनले प्रधानमन्त्रीले कसलाई भन्न खोजेको हो संसदमा उपस्थित भएर जवाफ दिन माग गरिन्।

कांग्रेसका अर्का सांसद राजन केसीले प्रधानमन्त्रीको बोली अत्न्त आत्तिज जनक रहेको बताउँदै यस्तो अभिव्यक्तिले जनतामा आतंकित पैदा भएको बताए । संसदको शून्य समयमा केसीले भने, ‘निर्मला पन्तको हत्यारालाई पत्ता लगाउ भन्नु, ३३ किलो सुनकाण्डको छानबिन गर भन्नु, मण्डलालमा प्रर्दशन गर्न पाउनुपर्छ भन्नु अपराध थियो ? प्रधानमन्त्रीको जवाफ चाहियो।’

त्यस्तै कांग्रेसकै अर्का सांसद सञ्जय गौतमले केपी ओली सबैको प्रधानमन्त्री भएकाले त्यसैअनुसारको भाषा बोल्न सुझाव दिए । गौतमले सरकारको गलत कामको आलोचना गर्दा प्रधानमन्त्री गैरजिम्मेवार शैलीमा प्रस्तुत हुनु आश्चर्य जनक भएको उल्लेख गरे।

उनले भने, ‘प्रधानमन्त्रीले सभ्य भाषा बोल्नु पर्दैन ? गलत कामको आलोचना गर्दा दुई तिहाइको दभ्भ देखाइन्छ । यस्तै अवस्थामा हो भने विपक्षी सांसदका हैसितले राम राम भन्न सकिएला तर काँध थाप्न सकिँदैन ।’

नेकपाकी सांसद पम्फा भुसालले भने प्रधानमन्त्री ओलीको भनाइको सख्त बचाउ गरिन्। उनले प्रधानमन्त्रीको भनाइलाई गोयवल्स शैलीमा प्रचारमा ल्याइएको आरोप लगाइन्।

‘प्रधानमन्त्रीले समाजमा घटेका घटना र सरकारका पक्षमा लाग्न कार्यकर्तालाई भनेको हो। अहिले विपक्षीका विरुद्ध जाइलाग्नुपर्ने आवश्यकता छैन । गोयवल्स शैलीमा प्रधानमन्त्रीको भनाइको अपव्याख्या गरिँदै छ ।’