एमाले बैठक सकिनासाथ राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री
काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो ।
बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन ।
बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुगेको स्रोतले बताएको छ ।