राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री
काठमाडौं- एमालेको स्थायी कमिटि बैठक सके लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शीतलनिवास पुगेका छन् ।
विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका हुन् ।
राष्ट्रपतिसँगको भेटपछि ओलीले पार्टीका नेता माधवकुमार नेपालसँग पनि भेट हुँदैछ ।सत्ता समीकरणको रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्री ओली र राष्ट्रपतिको भेट पनि बाक्लिएको छ ।