राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घण्टा छलफल - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घण्टा छलफल



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।

राष्ट्रपति भण्डारी बंगलादेश भ्रमण गरेर फर्किएको भोलिपल्ट प्रधानमन्त्री ओलीले भेट गरेका हुन्। दुई जनाबीच करिब १ घण्टा कुराकानी भएको थियो।

स्रोतका अनुसार राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री बुधबार बेलुका ७:४५ बजे राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए।