केपी ओली अब धेरैदिन बालुवाटारमा बस्दैनन्: योगेश भट्टराई - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

केपी ओली अब धेरैदिन बालुवाटारमा बस्दैनन्: योगेश भट्टराई



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले केपी ओली अब धेरै दिन बालुवाटारमा नबस्ने बताएका छन् ।

ओलीले चालेको कदम धेरैदिन नटिक्ने बताउँदै भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली गुटतिर लागेको र प्रचण्ड–नेपालले नेतृत्व गरेका नेकपा आधिकारिक भएको बताएका हुन्।

‘ओलीले पार्टी एकता मन नपरेपछि भत्काएर गुटतिर लागे,’ भट्टराईले भने, ‘अहिले हामी आधिकारिक हौँ। त्यसको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिराख्नुभएको छ।’

नेता भट्टराईले कम्युनिस्ट पार्टी एकतावद्ध भएर जानका लागि अब आफ्नो पक्षमा जिम्मेवारी आइपरेको बताए। मुलुक र समाजको रक्षाको लागि एकताबद्ध भएर लाग्नुपर्ने उनले तर्क गरे।

‘ओलीको कदमले घुँडा टेक्छन्, धेरै ठूलो धक्का दिनु पर्दैन’ नेता भट्टराईल भने, ‘ओलीले असंवैधानिक कदम चालेका छन्। त्यो कदमबाट उनी धेरै दिन अगाडि बढ्न सक्दैनन्।’