अध्यक्षको जिम्मा प्रचण्डलाई मात्र दिनुपर्छ भनेपछि बामदेव सँग ओली रुष्ट ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अध्यक्षको जिम्मा प्रचण्डलाई मात्र दिनुपर्छ भनेपछि बामदेव सँग ओली रुष्ट !



काठमाडौं। नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् ।

उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफु निकटसँग गरेका छन् । प्रधानमन्त्री ओलीले आईतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गौतमलाई उल्ले नगरी दुई अध्यक्ष मिलेर पार्टी चलाएको विषय मन नपरेर झगडा लगाउन खोजिएको उल्लेख गरे ।

दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा सबै आश्चार्यमा परेका छन्, तत्कालीन एमाले र माओवादीनिकट कानुन् व्यवसायीको संगठन एकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, लगडाइँ झगडा लगाउन सकिन्छ कि ? कुर्सी अलि अलि पर सार्न सकिन्छ कि ? त्यो प्रयास भएको छ ।, कान्तिपुर दैनिक