ओलीलाई वामदेवको मार्मिक पत्र: तपाईंले गर्दा आफैंले बनाएको पार्टीमा बस्न सकिनँ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ओलीलाई वामदेवको मार्मिक पत्र: तपाईंले गर्दा आफैंले बनाएको पार्टीमा बस्न सकिनँ



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीकै कारण आफैले बनाएको पार्टी परित्याग गर्नुपरेको बताएका छन् । शुक्रबार पार्टीबाटै राजीनामा दिँदै गौतमले यस्तो बताएका हुन् ।

ओलीकै कारण आफैले बनाएको संस्थाबाट हट्नुपरेको भन्दै गौतमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बुझाएको राजीनामा पत्रमा गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीका ‘गलत विचार, प्रवृति र शैली’का कारण पार्टीमा रहिरहन नसकेको बताएका छन्।

अध्यक्ष ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गौतमले भनेका छन्, ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु।’

गौतमले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्षमा निर्वाचित भएपछि ओलीले महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै पनि अवलम्बन नगरेको आरोप समेत लगाएका छन्।

यस्तै, २०७४ को चुनावमा जाँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ‘साझा घोषणा’लाई प्रधानमन्त्री हुँदा आफ्नो कार्यकालभरि त्यसलाई लागू नगरेको पनि गौतमले ओलीलाई आरोप लगाएका छन्।

गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै कतिपय कामहरुलाई उल्ट्याइदिए पनि ओली नसच्चिएको भन्दै आलोचना गरेका छन्।