चुनावको रणनीति बनाउन ओलीले डाके एमाले पोलिटब्यूरो बैठक - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

चुनावको रणनीति बनाउन ओलीले डाके एमाले पोलिटब्यूरो बैठक



नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावी तयारीका विषयमा छलफल गर्न पोलिटब्यूरोको बैठक बोलाएका छन्।

अध्यक्ष ओलीले ७ चैत बिहान ११ बजे पोलिटब्यूरोको बैठक बोलाएका हुन्। काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पोलिटब्यूरोको बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

एमाले पोलिटब्यूरोमा ९९ सदस्य छन्। जसमा १९ जना पदाधिकारी र २६ जना स्थायी कमिटी सदस्य पनि हुन्छन्।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी चुनावको तयारीका विषयमा छलफल हुने रिमालले बताए।