ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने संवैधानिक बाध्यता - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने संवैधानिक बाध्यता



काठमाडौं- आजमात्रै संसदबाट विश्वासको मत गुमाएर कामचलाउ भैसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै नयाँ प्रधानमन्त्री बनाउनुपर्ने वाध्यता रहेको दाबी ओली समुहले गर्न थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गरिसकेकी छन् । बहुमतको सरकार गठन गर्न ३ दिनको समय सीमा तोकिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार गठन गर्न पहल थालिसकेका छन्।

यस्तो बेलामा एमाले ओली समुहका नेताहरूले ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने संवैधानिक बाध्यता रहेको बताउन थालेका छन् । ओली समुहका प्रभावशाली नेताल मानिने लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् ।

उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने दाबी गर्दै यस्तो बताएका हुन् । एमाले नेता पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दाबी गरेका हुन् ।

पोखरेलले भनेका छन्, ‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ (३) अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाध्यता छ। ’

समयमै विपक्षी गठबन्धनले विकल्प दिन नसक्दा ठूलो दलको हैसियतले ओलीकै नेतृत्वको सरकार बनाउनुपर्ने बाध्यता रहने उनको भनाइ छ ।