प्रचण्ड निवासबाट निस्किएका प्रधानमन्त्री ओली गृहमन्त्री बादल निवासमा
काठमाडौं- सत्तारुढ दल नेकपाभित्र चर्किएको द्वन्दले सुरक्षा थ्रेट भन्दै आफ्नै कार्यालयमा नगएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विभिन्न नेताहरूको घर्न्म धाउन बाध्य भएका छन् ।
पार्टी विभाजनको डिलमा पुगेका बेला प्रधानमन्त्री ओली एकाएक सक्रियता बढाएका छन् ।
शनिबार बिहानै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा ब्रेक फास्ट बैठक गरेका प्रधानमन्त्री ओली एकाएक पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा बादल निवासमा पुगेका छन् ।
करीव डेढ घण्टा अध्यक्ष प्रचण्डसँग छलफल गरेर बाहिरिएका प्रधानमन्त्री ओली त्यहाँबाट सिधै पुल्चोकस्थित गृहमन्त्री थापाको क्वाटरमा छिरेका थिए ।
प्रधानमन्त्री ओली र गृहमन्त्री बादल अहिले बादलको क्वाटरमा एक्लाएक्लै छलफल गरिरहेका छन् ।