प्रधानमन्त्रीले आइजीपी नियुक्तिको छलफल गर्न बादललाई बोलाए ! - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

प्रधानमन्त्रीले आइजीपी नियुक्तिको छलफल गर्न बादललाई बोलाए !



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रियामा छलफल गर्न गृहमन्त्री राम बहादुर थापा बादललाई डाकेका छन् ।

श्रोतका अनुसार ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गृहमन्त्री रामबहादुर थापालाई बोलाएका हुन्।

बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले अवकाश पाउन लागेकाले मंगलबार नै सरकारले दुवै सरकारमा नयाँ आइजिपी बढुवा गर्न लागेको हो। एमाले र माओवादीबीच कुरा नमिल्दा मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी प्रस्ताव पेश भएन। कुरा मिलेमा आइजिपी नियुक्तिका लागि मंगलबार नै मन्त्रिपरिषद्को अर्काे बैठक बस्ने सम्भावना रहेको प्रधानमन्त्री निकट एक अधिकारीले बताए।

स्रोतका अनुसार ओलीले पुष्कर कार्कीको प्रस्ताव गरेकोमा प्रचण्डले सर्वेन्द्र खनालको नाम लिएपछि कुरा नमिलेको हो। केही व्यक्तिहरुले तेस्रो विकल्पमा रुपमा रमेश खरेलको नाम लिएका छन्।

यधपी नवराज सिलवाल काण्डमा दुबैले चेत खाईसकेकोले सहमति नजिक रहेको जानकारहरु बताउँछन् ।