प्रधानमन्त्री एकैपटक विधेयक र विदेशबाट 'ब्याक' भए - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रधानमन्त्री एकैपटक विधेयक र विदेशबाट ‘ब्याक’ भए



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन युरोप भ्रमण सकाएर स्वेदेश ब्याक हुनेबित्तिकै गुठी विधेयकबाट पनि एकाएक ब्याक भएका छन्  ।

साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’

उनले अघि भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हँसाउन हो । कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो । यत्ति भन्न चाहन्छु ।’

ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् ।